- Loading...
आदर्श माध्यमिक बिद्यालयमा दशैँ बिशेष शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न
- बागमती दैनिक
- २ महिना अघि
- ४२१ पटक पढिएको
गजुरी । धादिङ गजुरीको आदर्श माध्यमिक बिद्यालयमा दशैँ बिशेष शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपप्रमुख शर्मिला बिसुरालको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले बिबिध प्रस्तुतीहरु देखाएका थिए । महान् चाड वडा दशैँको अबसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य, गायन तथा नाटक समेत प्रस्तुत गरिएको थियो । हाम्रो समाजमा घट्ने घटनाहरुलाई आधार मानेर नाटक प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथीका रुपमा आउनुभएका गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले हरेक बिद्यालयमा यस्ता चेतनामूलक कार्यक्रम हुन जरुरी रहेको उल्लेख गर्नुभयो । बिद्यालयमा यस बर्षको एसईई नतिजा निजि बिद्यालयको भन्दा उत्कृष्ट आएको कुरामा खुसि हुँदै पालिकाले गौरव गर्नुपर्ने बताउनुभयो । बिद्यालयमा कुनैपनि कुरामा अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले अब बिद्यालयको शिक्षालाई अझ गुणस्तरिय बनाउँदै लैजान आग्रह गर्दै शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा बिशेष अतिथिका रुपमा आउनुभएका उपप्रमुख शर्मिला बिसुरालले बिद्यार्थीहरुको कला निकै उत्कृष्ट रहेको बताउनुभयो । बालबालिकाहरुलाई सहि बाटोमा अगाडी बढाउँदै हरेक सिमा अगाडी बढाउने हो भने भोली ठुलो नेतृत्वदायि भुमिकामा पुग्न सफल हुने बताउनुभयो । अहिले बालबालिकाहरुमा पढ्ने बिकासमा ध्यान दिँदै उनीहरुको उज्वल भबिष्य निर्माणमा शिक्षकको ठुलो हात हुने स्मरण गराउनुभयो । उहाँले आउँदै गरेको वडा दशैँको शुभकामना समेत दिनुभएको थियो ।
बिशेष अतिथीका रुपमै रहनुभएका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राज कुमार उप्रेतिले आदर्श माध्यमिक बिद्यालय उत्कष्ट बिद्यालय रहेको उद्घोष गर्नुभएको छ । उहाँले बिद्यालयमा हुने हरेक क्रियाकलाप देखि साँस्कृतिक कार्यक्रममा समेत बिद्यार्थीहरुको आकर्षक उपस्थिती हुने गरेको उल्लेख गर्नुभयो । उहाँले बिद्यालयलाई अझ नमुना बनाउने बाचा गर्दै शुभकामना समेत दिनुभएको थियो ।
बिद्यालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले बिद्यालयमा बिद्यार्थीहरुको क्षमतालाई खुलेर प्रशंसा गर्नुभएको थियो । निजी बिद्यालयलाई समेत पछि पार्दै अग्र स्थानमा आउनु आफैँमा खुसिको क्षण भएको स्मरण गर्नुभएको थियो ।