FLASH NEWS
  • Loading...

बाला चतुर्दशी मेला : गजुरी-८ स्थित किरातेश्वर महादेव मन्दिरमा उर्लियो जनसागर !

  • बागमती दैनिक
  • २ हप्ता अघि
  • ५७४ पटक पढिएको
बाला चतुर्दशी मेला : गजुरी-८ स्थित किरातेश्वर महादेव मन्दिरमा उर्लियो जनसागर !

गजुरी । गजुरी गाउँपालिका वडा नम्बर ८ मा अबस्थित किरातेश्वर महादेवको मन्दिरमा बाला चतुर्दशी पुजा तथा साँस्कृति पर्यटन मेला सम्पन्न भएको छ । गजुरी गाउँपालिका तथा वडा नम्बर ८ को आयोजनामा सञ्चालन भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुसहितको बेजोड प्रस्तुती रहेको थियो ।

उक्त मेलामा प्रमुख अतिथीका रुपमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बिशेष अतिथिमा उपाध्यक्ष शर्मिला बिसुराल, वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेल, वडा नम्बर ६ का अध्यक्ष कर्ण तामाङ रहनुभएको थियो भने सभापतिमा वडा नम्बर ८ का अध्यक्ष देवराज ओझा रहनुभएको थियो ।

मेलामा प्रमुख अतिथीका रुपमा रहनुभएका पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले मन्दिर निर्माणको काम पुरातत्व बिभागबाट भईरहेको र यो काम अलि ढिला जस्तो देखिएपनि यसले पूर्णता पाउनेमा आशा ब्यक्त गर्नुभएको छ । धेरै टाढाबाट पनि यस किरातेश्वर महादेवको मन्दिरमा बत्ती बाल्न आउनुभएका भक्तजन पनि रहेको स्मरण गर्दै यो मन्दिरलाई ब्यबस्थित तथा मन्दिरसम्म पुग्ने बाटोलाई अझै स्तरोन्नती गर्दै लैजाने उल्लेख गर्नुभयो । धेरै बर्ष अगाडीदेखि यस मन्दिरमा बाला चतुर्दशीको मेला लाग्दै आईरहेकोमा यो बर्ष भने अलि फरक र भब्य तरिकाले मेला आयोजना भएकोमा खुसि ब्यक्त गर्नुभयो । वडा नम्बर ८ का क्रियाशिल युवाहरुको संलग्नतामा यस मन्दिरमा हुने यस किसिमको मेला हरेक बर्ष हुनुपर्नेमा जोड दिनुभयो । पुरातत्व बिभागले काम गरिरहेको र बाँकी काम गाउँपालिका गर्न तयार रहेको समेत कार्यक्रममा उद्घोष गर्नुभएको छ ।

बिषेश अतिथीका रुपमा रहनुभएका उपाध्यक्ष शर्मिला बिसुरालले गजुरी गाउँपालिकाभरि सञ्चालन हुने मेला मध्येकै यो साँस्कृतिक कार्यक्रम भब्य भएको बताउनुभयो । मन्दिर निर्माण गर्नेदेखि तारबार लगाउने काममा गजुरी गाउँपालिकाले समेत सघाउने बताउनुभयो । मन्दिर सानो हुने र भक्तजन धेरै आउने भएकाले सबैलाई मन्दिरको नजिक ठाउँ नपुग्ने अबस्था अहिले रहेको कुरालाई जोड दिँदै अबका अघिल्ला बर्षहरुमा खेतका गह्राहरुमा बसेर बत्ति बाल्नुपर्ने अबस्थाको अन्त्य गर्न गजुरी गाउँपालिका हरतरहले अगाडी बढ्ने कुरामा दृढता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति तथा वडा नम्बर ८ का अध्यक्ष देवराज ओझाले यो किरातेश्वर महादेवको मन्दिरको ऐतिहासिक पृष्ठभुमि देखि अहिलेसम्म भईरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभएको थियो । मन्दिरमा आयोजना गरिएको यस कार्यक्रममा अहिले मन्दिर निर्माणको लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग संकलन भईरहेको समेत जानकारी दिनुभयो । यो कार्यक्रम निकै उत्कष्ट बनाउन सहयोग गर्ने गजुरी गाउँपालिका, मन्दिर निर्माण समिती तथा सिङ्गो गजुरी गाउँपालिकालाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

रमाईलो मेलामा राष्ट्रिय कलाकारहरु सागर बिसि, प्रतिमा अर्याल, सुशिला लामा, अन्जु पुरि, दिपक तिरुवा, भरत बराकोटी लगायतका कलाकारहरुले एकल गित तथा लाईभ दोहोरीबाट भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%