FLASH NEWS
- Loading...
नेपाल विश्वकै तेस्रो प्रदूषित देश, नेपालको वायुमण्डलमा विषाक्त कण अत्यधिक !
- बागमती दैनिक
- ३ महिना अघि
- १०२ पटक पढिएको
गजुरी । वायुमण्डलमा विषाक्त कणको उपस्थितिका कारण नेपाल विश्वकै तेस्रो प्रदूषित देश बनेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ ।
भू–उपग्रहमा आधारित तथ्यांकले वायुमा रहेका पिएम २.५ कणहरूको घनत्व नेपालको वायुमण्डलमा अत्यधिक रहेको देखाएको हो । यसै कारण नेपाल विश्वमै तेस्रो वायु प्रदूषण हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।
एयर क्वालिटी लाइफ इन्डेक्स–२०२४ एक्युएलआई नामक अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ । यो प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।
सन् २०२२ को तथ्यांकका आधारमा तयार गरिएको उक्त प्रतिवेदनले उत्तर भारतका अत्यन्त प्रदूषित क्षेत्रसँग जोडिएका नेपालका १० जिल्लाका बासिन्दाको सरदर आयु ५.१ वर्षले कटौती भएको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस