FLASH NEWS
  • Loading...

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या बढ्यो, ६ हजार नाघ्दा गण्डकीमा सबैभन्दा धेरै

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १०८ पटक पढिएको
देशभर डेंगु सङ्क्रमितको सङ्ख्या बढ्यो, ६ हजार नाघ्दा गण्डकीमा सबैभन्दा धेरै

भाद्र १६, काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको हुन् ।

देशभर फैलिएको ७५ जिल्लामध्ये सबैभन्दा बढी तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सय बढी डेंगु सङ्क्रमित छन् । देशभर ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित