FLASH NEWS
  • Loading...

डेङ्गी संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ८८ पटक पढिएको
डेङ्गी संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु

भाद्र १७, चितवन । डेङ्गी संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए ।

उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको संक्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित