- Loading...
बेनिघाट रोराङमा आँखा शिबिर तथा मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न, दृष्टिविहीनतामुक्त पालिका बनाउने उदेश्य !
- बागमती दैनिक
- २ हप्ता अघि
- ९९ पटक पढिएको
गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा बृहत् आँखा शिबिर तथा मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ । कोही नहोस् अन्धकार, दृष्टि हाम्रो अधिकार भन्ने नाराका साथ बेनीघाट रोराङ गाउँपालिकालाई दृष्टिविहीनतामुक्त बनाउने उदेश्यसहित यो शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष विवेक थपलियाले जानकारी दिनुभयो ।
शिबिरमा भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग, नेपाल नेत्रज्योति संघको औषधि र अन्य सामग्री सहयोग तथा डा मारिया गौतमको सहयोग रहेको थियो । बेनिघाट रोराङ गाउँपालिकाको बृहत् योजना अन्र्तगत सुरुवात गरिएको यस योजनाले सार्थकता पाउनेमा आशावादी रहेको प्रमुख प्रसाशसकिय अधिकृत नर्वदा घिमिरेले जाकारी दिनुभयो ।
बेनिघाट रोराङ गाउँपालिकाभरि रहेका सबै वडाहरुमा यो शिबिर सञ्चालन गरिएको थियो ।
वडागत रुपमा हेर्दा वार्ड नं एकमा ७ जना, वार्ड नं २ मा ११ जना, वार्ड नं ३ मा ८ जना, वार्ड नं ४ मा १४ जना, वार्ड नं ५ मा ८ जना, वार्ड नं ६ मा १६ जना, वार्ड नं ७ मा ५ जना, वार्ड नं ८ मा १० जना, वार्ड नं ९ मा ११ जना, वार्ड नं १० मा ६ जना, गण्डकी गाउँपालिकाबाट १६ जना रहेका थिए ।
कुल आँखा जाँच १०२९ जना रहेका थिए भने शल्यक्रियाका लागि सिफारिस १ सय ८६ जना रहेका थिए । यसमा सफल शल्यक्रिया १ सय १२ जनाको भएको छ ।
शल्यक्रियामा सहभागीलाई यातायात, खाना, र बसोबासको व्यवस्था बेनीघाट रोराङ गाउँपालिकाले गरेको थियो ।
पहुुच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको पालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।