- Loading...
इजरायलले विद्यालयमा गरेको आक्रमणमा ३० को मृत्यु
- बागमती दैनिक
- ४ महिना अघि
- ५१ पटक पढिएको
|TOPSHOT - Palestinian rescuers extinguish a fire in a destroyed building following Israeli bombardment which hit a school complex, including the Hamama and al-Huda schools, in the Sheikh Radwan neighbourhood in the north of Gaza City on August 3, 2024, amid the ongoing conflict between Israel and the militant Hamas group. (Photo by Omar AL-QATTAA / AFP)
साउन २१, काठमाण्डौँ । गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा सहरका दुई विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । गाजामा जुलाई ६ यता आक्रमण भएका विद्यालयको संख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको संख्या आधारमा करिब एक सय ५० जना मारिएका छन् ।
‘हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विस्फोटमा सहिद हुनेको संख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्’, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने। मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन् । उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताए ।