FLASH NEWS
  • Loading...

झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबिच भेटवार्ता

  • बागमती दैनिक
  • १ महिना अघि
  • ४५ पटक पढिएको
झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबिच भेटवार्ता

कार्तिक २९, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ । खनाल र राजदूत ताइयोङबीच आज बिहान भेटवार्ता भएको हो । भेटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको शुभकामना दिएका थिए ।

नेता खनालले नेपाल र कोरियाबीच धेरै लामो लामो समयदेखि सुमधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरेका थिए । राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेष गरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए । भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित