FLASH NEWS
  • Loading...

चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

  • बागमती दैनिक
  • १९ घण्टा अघि
  • २६ पटक पढिएको
चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

पौष २४, काठमाडौँ । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् ।
केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो ।

मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ ।

भूकम्पका कारण तिब्बतको सिगात्से सहरसहित अन्य क्षेत्रसमेत प्रभावित भएकाले भौतिक संरचनाको क्षतिको विवरण आउन भने अझै समय लाग्ने पनि बताइएको छ । अहिलेसम्म १ हजारभन्दा बढी घरहरू काम नलाग्ने गरी भत्किएका छन् । चिसो मौसमका कारण उद्धार तथा राहत वितरण गर्न कठिनाइ भएको चिनियाँ सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित