FLASH NEWS
  • Loading...

दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतले दियो अनुमति

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ५९ पटक पढिएको
दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतले दियो अनुमति

असोज २, काठमाण्डौँ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ ।

अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित