FLASH NEWS
  • Loading...

‘सरकार असफल भए पनि अहिल्यै ढाल्ने पक्षमा हामी छैनौँ’ : पूर्वप्रधानमन्त्री दाहाल

  • बागमती दैनिक
  • १ महिना अघि
  • १०३ पटक पढिएको
‘सरकार असफल भए पनि अहिल्यै ढाल्ने पक्षमा हामी छैनौँ’ : पूर्वप्रधानमन्त्री दाहाल

कार्तिक १३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको दावी गरे ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको सय दिन असफल रहेको उल्लेख गरे। उनले सरकार निर्माण नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए।

प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको पनि दावी गरे। सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित