- Loading...
‘देश विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्छ’ : राष्ट्रपति पौडेल
- बागमती दैनिक
- १ महिना अघि
- ७७ पटक पढिएको
|काठमाडौँ, २४ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११०औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै । सौजन्य तस्बिरः राष्ट्रपतिको सचिवालय÷रासस
कार्तिक २४, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
गणेशमान सिंहको ११० औँ जन्मजयन्तीका अवसर आज आयोजित कार्यक्रममा उनले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताए ।
मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताए ।