FLASH NEWS
  • Loading...

शुक्रबार राति भएकाे पशुपति कोटीहोम घटना मेलमिलापमा टुंगियो

  • बागमती दैनिक
  • ४ महिना अघि
  • १५६ पटक पढिएको
शुक्रबार राति भएकाे पशुपति कोटीहोम घटना मेलमिलापमा टुंगियो

काठमाडौँ । शुक्रबार राति पशुपति कोटिहोममा भएको घटना मेलमिलापमा टुंगिएको छ । कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोमस्थल तनावग्रस्त बनेको थियो ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलमार्फत सो घटना मेलमिलापमा टुंग्याउने सहमति भएको हो । आयोजक पक्षधर र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितले सर्वपक्षीय छलफल गरेका थिए । छलफलमा सो घटनालाई मेलमिलापमा टुंग्याउने सहमति भएको बैठकपछि जारी सहमति पत्रमा भनिएको छ ।
बैठकले १५ दिनपछि घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कडा कारबाही गर्ने गरि सहमति गरेको बताइएको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।
प्रहरीले पक्राउ गर्न खोजेपछि कृष्णमूर्ति समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यसलगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि कृष्णमूर्तिका समर्थकले हातपात गरेका थिए । राताेपाटी डटकमबाट ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित