FLASH NEWS
- Loading...
चिनियाँ उच्चस्तरीय टोली नेपालमा, ऋण नलिने पक्षमा कांग्रेस
- बागमती दैनिक
- ३ हप्ता अघि
- ३१ पटक पढिएको
मंसिर १३, काठमाडौँ । मुलुकमा बीआरआई ऋण कि अनुदानमा लिने विषयमा चर्को विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियतपूर्ण ऋणमै भए पनि बीआरआई कार्यान्वयन गर्ने मनस्थिति बनाएका छन् । कांग्रेस भने घुमाइफिराई ऋण लिनुहुँदैन भन्ने अडानमै छ । कांग्रेसको अडानबाट प्रधानमन्त्रीसमेत सिधै ऋण लिने उद्देश्य आफ्नो नभएको भन्दै पछि हटेका छन् ।
प्रधानमन्त्री ओलीले ऋणमा बीआरआई स्वीकार गर्न नसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईका परियोजनाहरू अनुदानमा लिने गरी गृहकार्य थाल्न सरकारलाई सुझाव दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस