- Loading...
‘सत्तासिन तस्करहरु बिरुद्ध हाम्रो पार्टीले खबरदारी गरिरहेको छ’ : पूर्व मुख्यमन्त्री जमकट्टेल
- बागमती दैनिक
- १ हप्ता अघि
- १८ पटक पढिएको
सत्तासिन दलहरुले देखाईरहेको भ्रष्टचारी निती, काम र अलोकतान्त्रिक कार्यपद्धतीका बिरुद्ध माओवादीले आवाज उठाईरहेको बताउनुभएको छ । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा आयोजित माओवादीको पालिका भेलामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अहिले हरेक पालिकाहरुबाट खबरदारी गर्ने काम भईरहेको र देशभरबाट यो सरकारबिरुद्ध आवाज उठाउनुपर्ने बेला आएको बताउनुभयो ।
हाम्रो पार्टी सरकारमा बसेर भ्रष्टचारीहरुको बिरुद्ध, सुशासनको निम्ती, बिकास र समृद्धिको निम्ती, कमरेड प्रचण्डको नेतृत्वमा जुन असभयान अगाडी बढ्यो,अहिले नेपालमा सच्चा क्रान्तिकारी पार्टी स्थापित भईरहेको छ, उहाँले भन्नुभयो जनताले बिश्वास गरेको पार्टीले अहिलेको उपनिर्वाचनमा पनि राम्रो नतिजा देखाउन सफल भएका छौँ ।
बाईट
अहिलेको सरकारले देखाएको बाटो र उसले गरेका हरेक काण्डले जनतालाई सस्ती बनाईसकेको उहाँको भनाई थियो । जनआन्दोलनमा संँगै रहेको दलले अहिले भ्रष्टचार गर्दै बिभिन्न कर्तुतमा मुछिएका पनि मन्त्री सांसद हुने परिपाटीले बिपक्षी दलको समेत शिर झुकेको उद्घोष गर्नुभयो । यस्ता कुकार्यको अन्त्यका लागी भन्दै हरेक पालिकाबाट खबरदारी सभाको आयोजना गरिएको उहाँको भनाई छ ।
बाईट