FLASH NEWS
- Loading...
मन्त्रिपरिषद्मा वरीयता हेरफेर, मन्त्री पाण्डे बढुवा, पौडेल १६ औंं स्थानमा
- बागमती दैनिक
- ४ महिना अघि
- ११० पटक पढिएको
![cabinet-4 मन्त्रिपरिषद्मा वरीयता हेरफेर, मन्त्री पाण्डे बढुवा, पौडेल १६ औंं स्थानमा](https://www.bagmatidainik.com/wp-content/uploads/2024/08/cabinet-4.jpeg)
साउन २४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।
पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ९७६०को उपधारा ९९० बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस