- Loading...
चूडामणि शर्माको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश
- बागमती दैनिक
- ४ महिना अघि
- ८८ पटक पढिएको
साउन २७, काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले कारागारमा बन्दी राख्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश गरेको हो ।
अन्तरिम राजश्व विभागका पूर्व महानिर्देशक शर्माले भ्रष्टाचार मुद्दामा आत्म समर्पण गर्दै सर्वोच्चमा पुनरावेदनसँगै बन्दीको निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो । शर्माले आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । बाहिरै बसेर विशेष अदालतको फैसलाविरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिति बनेको उनको जिकिर थियो ।