FLASH NEWS
  • Loading...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

  • बागमती दैनिक
  • ४ महिना अघि
  • १२२ पटक पढिएको
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

साउन २८, कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित