FLASH NEWS
  • Loading...

सांसद पोखरेलको प्रश्न : १६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनु पर्छ भन्ने भ्रष्टाचारी ?

  • बागमती दैनिक
  • ४ महिना अघि
  • १११ पटक पढिएको
सांसद पोखरेलको प्रश्न : १६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनु पर्छ भन्ने भ्रष्टाचारी ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणको २२ अर्बको बक्यौता उठाउनु पर्छ भन्ने भ्रष्टाचारी र १६ अर्ब छुट दिने क्रान्तिकारी कसरी भए ? भनेर प्रश्न गरेका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा विशेष समयमा बोल्दै सभापति पोखरेलले १६ अर्ब कुन सेटिङमा छुट गरियो भनेर प्रश्न गरे । राज्यको यत्रो ठूलो सम्पत्ति दुरुपयोग गर्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे । महालेखाले बक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नै नगरी १६ अर्ब छुट दिन नमिल्ने उल्लेख गरे । पोखरेलले आफ्नो कार्यालयमा नै व्यापारीले भेट गरेको बताएका छन् । उनले आफूले होटेलमा व्यापारी भेटेको भन्ने विषयमा स्पष्टीकरण दिएका हुन् । पोखरेलले व्यापारीले १६ अर्ब रुपैयाँ कसरी छुट पाए भनेर अफिसमा नै बोलाएर सोधिएको बताए ।

‘बाहिर प्रश्न उठ्यो– सभापतिले व्यापारी भेट्यो । म विराटनगरको मान्छे, काठमाडौंका धेरै चिन्दिनँ । तर, विराटनगरको सबै चिन्छु । मैले आजका मितिसम्म व्यापारी भेटेको छैन । मलाई व्यापारीले भेटे अफिसमा, मैले बोलाएर सोधेको । १६ अर्ब के सेटिङमा छुटाउनुभयो मित्र भनेर सोध्नु परेन ?’, उनले प्रश्न गरे ।

उनले आफूबाट एउटा टिपोट बाहिरिएको विषयमा पनि स्पष्टीकरण दिए । व्यापारी र नेपाल विद्युत् प्राधिकरणको ‘दलाल’ ले उक्त टिपोट बाहिर ल्याएको उनले आरोप लगाए । ‘माननीयहरू, जोजो चासो राख्नु भयो, त्यो टिपोट दुईऔतीन जना साथीभाइलाई दिएकोे हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई आफै दिए । मैले विश्वास गरेर दिएँ’, उनले भने, ‘त्यो टिपोट चार जनामध्ये कसले पुर्‍याउनु भयो, थाहा छैन । मैले सोचिनँ नि, व्यापारी र प्राधिकरणको दलाल एक जना माननीय हुनुहुँदो रहेछ नि त ! मैले त सुझाव दिनुस् मित्र भनें ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित