- Loading...
कांग्रेस–एमाले खटपट ! आफ्ना मन्त्रीलाई देउवाले भने, ओलीले नमाने मलाई भन्नु’
- बागमती दैनिक
- ४ महिना अघि
- १५५ पटक पढिएको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् । शनिबार साँझ आफ्नो निजी निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर उनले काम गर्दा समस्या भए प्रधानमन्त्री ओलीलाई गुनासो गर्न निर्देशन दिएका दिएका हुन् । यस्तै प्रधानमन्त्रीले कुरा नसुने आफूलाई जानकारी गराउन देउवाले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । ‘काम ढुक्कसँग गर्नुहोस् । काम गर्दा केही समस्या भए प्रधानमन्त्रीसँग समय लिएर संवाद गर्न भन्नुभयो‚’ देउवाको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने‚ ‘प्रधानमन्त्रीले कुरा नसुने र सुन्न नचाहे मलाई आएर भन्नु । म कुरा गर्छु भन्नुभयो।’ सभापति देउवालाई भेट्न कांग्रेसका १२ जनै मन्त्रीहरू बुढानीलकण्ठ पुगेका हुन् । शनिबार साँझ सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा पनि छलफलमा सहभागी थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने गृह जिल्ला झापा भएकाले बैठकमा सहभागी भएका थिएनन् । ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सभापति देउवालाई भेट्न र समसामयिक विषयमा छलफल गर्न आफूहरू बूढानीलकण्ठ पुगेको जानकारी दिए । मन्त्रीहरूले पनि एक महिनाको अवधिमा आफ्नो मातहतका मन्त्रालयबाट भए गरेका कामहरू बारे सभापति देउवालाई जानकारी गराए ।