FLASH NEWS
- Loading...
सरकारले आजै टिकटक खुलाउँदै, चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’
- बागमती दैनिक
- ३ महिना अघि
- १०३ पटक पढिएको
भाद्र ६, काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले टिकटकमाथि झण्डै १० महिनादेखि लागिरहेको प्रतिबन्ध हटाउने तयारी रहेको हो । मन्त्रिपरिषद् बैठक आज अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ ।
आज बस्ने यो बैठक नियमित हो । आजको बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समेतको छलफलपछि सञ्चारमन्त्री गुरुङले बिहीबार सो प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस