FLASH NEWS
- Loading...
हाम्रो कुरा क्लियर कट छ, भ्रष्टाचारमा हद म्याद मान्दैनौं : रवि लामिछाने
- बागमती दैनिक
- ३ महिना अघि
- १०० पटक पढिएको
भाद्र ६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न नहुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने कुरामा आफूहरू सहमत हुन नसक्ने बताएका हुन् ।
‘टेलिफोनमा दुई हजार बढी कल आएको छ । सामाजिक सञ्जालमा भिडियो बनाइएको रहेछ । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद बारेमा छलफल हुँदै रहेछ, समितिमा यो–यो सांसद छन् भन्ने रहेछ,’ उनले भने ।
भ्रष्टाचारमा हद म्याद हुनु हुँदैन भनेर अभियान चलाएका युवाहरूलाई उनले धन्यवाद दिए । ‘नो इफ, नो बट हाम्रो कुरा क्लियर कट छ, भ्रष्टाचारमा हदम्याद हुनु हुँदैन,’ उनले भने । नीतिगत भ्रष्टाचार भनेर मन्त्रिपरिषद्मा लगेर निर्णय हुने भएकाले परिभाषित हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस