FLASH NEWS
  • Loading...

गजुरी-काठमाण्डौँ सम्पर्क समन्वय समितीको भेला सम्पन्न, अध्यक्षमा हरिनारायण ढुङ्गाना

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १८२० पटक पढिएको
गजुरी-काठमाण्डौँ सम्पर्क समन्वय समितीको भेला सम्पन्न, अध्यक्षमा हरिनारायण ढुङ्गाना

गजुरी । गजुरी-काठमाण्डौँ सम्पर्क समन्वय समितीको भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गजुरी गाउँपालिका काठमाडौ सम्पर्क समन्वय समितीको भेला आज समापन गरिएको हो ।

भेलाले हरि नारायण ढुङ्गानाको अध्यक्षतामा २९ सदस्यीय समिती गठन गरेको छ । उपाध्यक्षमा सन्जिव तामाङ, प्रकाश श्रीमल र रबि अधिकारी, सचिबमा गोकुल पाठक, सहसचिवमा सम्झना खनाल, कोषाध्यक्षमा शान्ता सुवेदी घिमिरे चयन गरिएको छ । यसैगरि सदस्यहरुमा हरि तामाङ, तिलकमान बस्नेत, बिर बहादुर तामाङ, नवराज पाठक, प्रमेश्वर अधिकारी, बिवेक जम्कट्टेल, राम प्रसाद जमकट्टेल, सावित्री अधिकारी, श्याम मगर, सुकुमाया तामाङ, केशव तामाङ,सुस्मिता तामाङ र आयुष ढुङ्गाना चयन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र धादिङका अध्यक्ष तथा बागमति प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेल रहनुभएको थियो भने विशेष अतिथिमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतका ब्यक्तित्व रहनुभएको थियो । यसका साथै कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका पदाधिकारीहरू, समितिका पूर्वपदाधिकारीहरू लगायतको सहभागिता समेत रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रत्येक सदस्यको समान अधिकार भएको एक मात्र पार्टी माओवादी केन्द्र भएको बताउनुभयो । उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिँदै उहाँले पार्टी कमिटीले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने तथा अर्कोतिर सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानसमेत सँगसँगै लानुपर्ने धाराण राख्नुभयो । त्यसबाट समाजवादको प्रारम्भिक चरण अघि बढ्ने कुरामा उहाँको जोड थियो । गजुरी-काठमाडौं सम्पर्क समिति गठन गरिएको यो अबसरमा उहाँले समन्वय समितिले पार्टी सङ्गठनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख समेत गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा धादिङ-काठमाण्डौँ सम्पर्क समन्वय समिती अन्तर्गत आज गजुरी-काठमाण्डौँ सम्पर्क समन्वय समिती गठन गरिएको सोहि समितीका ईन्चार्ज दिपक अधिकारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%