FLASH NEWS
- Loading...
भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा उभियो एकीकृत समाजवादी
- बागमती दैनिक
- ३ महिना अघि
- १३२ पटक पढिएको
भाद्र १४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा उभिएको छ । संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार नियन्त्रण ऐन–२०५९ को संशोधन विधेयकमाथि छलफल चलिरहेका बेला एकीकृत समाजवादी हदम्यादको विपक्षमा उभिएको हो ।
भ्रष्टाचार नियन्त्रणबारे सबै दलहरूले चर्को भाषण गर्ने गरे पनि हदम्यादबारे भने उनीहरू पक्ष र विपक्षमा उभिएका छन् । ‘हाम्रो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन भन्ने प्रस्ट धारणा राख्दछ’, एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकले पारित गरेको प्रस्तावमा भनेको छ । सो पार्टीले भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न संसद्सँग माग समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस