FLASH NEWS
  • Loading...

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ६७ पटक पढिएको
चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

भाद्र १६, काठमाण्डौँ । संघीय संसद् अन्तर्गतका चारवटा समितिको बैठक आइतार बस्दैछ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

आजै अर्थ समितिको बैठक बस्दैछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ । यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आइतबार बस्दैछ ।

दिनको १ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित