FLASH NEWS
  • Loading...

सहकारी ठग्न नेतादेखि कार्यकर्तासम्म मायुर, कांग्रेस उपसभापति धनराज गुरुङ १५ करोड ठगीमा संलग्न

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४३ पटक पढिएको
सहकारी ठग्न नेतादेखि कार्यकर्तासम्म मायुर, कांग्रेस उपसभापति धनराज गुरुङ १५ करोड ठगीमा संलग्न

भाद्र २४, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको हो ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति कांग्रेस नेता धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङ निकट स्रोतकाअनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागजसमेत बनाएका छन् । ज्योति गुरुङ हाल फरार रहेको र नेपालमै नरहेको जानकारी प्राप्त भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित