- Loading...
‘प्रधानमन्त्री ओली जस्तो झुटो बोल्न जान्ने मान्छे यो संसारमा अरु छैनन्’ : ज्ञानेन्द्र शाही
- बागमती दैनिक
- ३ महिना अघि
- ६३ पटक पढिएको
भाद्र २४, काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन् ।
उनले भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा।सन्दुक रूइत जानुभयो । हामी गयौं । लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौं भन्नुभयो । नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे ।’
उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए । उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए ।