FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओली र खानेपानीमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ९४ पटक पढिएको
प्रधानमन्त्री ओली र खानेपानीमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता

भाद्र २८, काठमाडौँ । खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

मन्त्री यादवका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजना तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो एक सय दिन २०८१ कात्तिक ६ सम्म, दोस्रो सय दिन २०८१ माघ १७ सम्म र आर्थिक वर्षको बाँकी अवधि यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित