FLASH NEWS
  • Loading...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ९९ पटक पढिएको
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । सभापति एमाले सांसद सूर्यबहादुर थापाले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका हुन् ।

सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी प्रतिनिधिसभालाई दिए । प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।

‘प्रतिवेदनमा दोषीहरूलाई आफ्नो कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस छन्,’ भापति थापाले भने । प्रतिवेदन १८ परिच्छेदमा छ । प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

१५ जेठमा गठन भएको स‌ंसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो । तीन महिना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि थप १५ दिन समय पाएको थियो ।

समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत लेखेको छैन, सबै निर्णय सर्वसम्मत भएका छन् ।

संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित