- Loading...
‘माओवादी बिनाको संविधान संशोधन सम्भव छैन’ : अध्यक्ष प्रचण्ड
- बागमती दैनिक
- ३ महिना अघि
- १०३ पटक पढिएको
असोज ५, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अबका एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको बताएका छन् ।
उनले सत्तारुढ दलहरूले संविधान संशोधनको मुद्दा उठाइरहेको भन्दै यदि संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।
आज अखिल नेपाल ट्रेड यूनियन महासंघले काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेण्डामा गर्नुपर्ने दाबी गरे । अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पूँजीपति, नोकरशाह र माफियाहरुलाई नपचेको उनको आरोप छ । उनले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको भन्दै त्यस्तो हुन नदिने बताए ।