FLASH NEWS
  • Loading...

अखिल क्रान्तिकारीको बन्द सत्र स्थगित, खुमलटार पुग्यो विवाद

  • बागमती दैनिक
  • २ महिना अघि
  • ७४ पटक पढिएको
अखिल क्रान्तिकारीको बन्द सत्र स्थगित, खुमलटार पुग्यो विवाद

असोज १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्द सत्र स्थगित भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्नेमा विद्यार्थी नेताहरूबीच उत्पन्न विवाद समाधान नभएपछि बुधबारका लागि बन्द सत्र स्थगित भएको हो ।

‘हाम्रो संगठनको २३ औं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र बुधबार स्थगित गरिएको छ,’ अध्यक्ष मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बन्द सत्र असोज १७ गते बिहान १० बजेदेखि सञ्चालन हुने जानकारी गराइन्छ ।’ उमेर हद राख्ने कि नराख्ने भन्ने बारेमा विवाद बढेपछि असोज १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनमा अझै निर्वाचन प्रक्रिया सुरू भएको छैन । क्रान्तिकारीका निवर्तमान पदाधिकारी उमेर हद लगाउन नहुने पक्षमा छन् भने अधिकांश प्रतिनिधि उमेर हदको पक्षमा छन् ।

विवाद बढेर हुलदंगा भएपछि समस्या समाधान गर्न भन्दै नेकपा माओवादी केन्द्रले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उनले विद्यार्थी नेताहरूसँग मंगलबार राति पनि अबेरसम्म छलफल गरेका थि ए। तर छलफलमा कुनै सहमति हुन नसकेको अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान अध्यक्ष एवम् प्रवक्ता जिपी मैनालीले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित