FLASH NEWS
- Loading...
रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत दियो जिम्मेवारी
- बागमती दैनिक
- १ महिना अघि
- ६० पटक पढिएको
![raswapa-office2024-08-12-13-58-32 रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत दियो जिम्मेवारी](https://www.bagmatidainik.com/wp-content/uploads/2024/11/raswapa-office2024-08-12-13-58-32.jpg)
कार्तिक २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको आज बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो । जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ ।
मधेस प्रदेशमा सांसद डा। चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस