FLASH NEWS
- Loading...
पक्राउपछि अधिकारी सांसदबाट निलम्बित
- बागमती दैनिक
- १ महिना अघि
- ३६ पटक पढिएको
|काठमाडौँ, २५ कात्तिकः मानव तस्करसम्बन्धी आरोप लागि विराटनगरबाट पक्राउ गरी थप अनुसन्धानका लागि आइतबार काठमाडौँ ल्याइएका कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिला बल्लभ अधिकार प्रहरीको घेरामा। तस्बिरः रत्न श्रेष्ठ÷रासस
कार्तिक २६, काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।
उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।
प्रतिक्रिया दिनुहोस