FLASH NEWS
  • Loading...

ढुंगानाको अन्तिम संस्कारबारे निर्णय मन्त्रिपरिषद् बैठक बस्दै

  • बागमती दैनिक
  • १ महिना अघि
  • ६१ पटक पढिएको
ढुंगानाको अन्तिम संस्कारबारे निर्णय मन्त्रिपरिषद् बैठक बस्दै

मंसिर ३, काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ । कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।

आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित