FLASH NEWS
- Loading...
रास्वपा नेताविरुद्धको मुद्दाको पेसी न्यायाधीश शर्मा र निरौलाको इजलासमा
- बागमती दैनिक
- ३ हप्ता अघि
- ३३ पटक पढिएको
मंसिर ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी तोकिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलनासम्बन्धी निवेदनको पेसी छ नम्बरमा रहेको छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली र सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस