FLASH NEWS
  • Loading...

निर्वाचन आयोगद्वारा ९ संस्थालाई उपनिर्वाचन पर्यवेक्षण अनुमति

  • बागमती दैनिक
  • ३ हप्ता अघि
  • ७४ पटक पढिएको
निर्वाचन आयोगद्वारा ९ संस्थालाई उपनिर्वाचन पर्यवेक्षण अनुमति

मंसिर १२, काठमाण्डौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको छ ।
निर्वाचन आयोगले कात्तिक २६ मा आवेदन माग गरेको थियो । ती संस्थालाई प्रत्येक मतदानस्थलमा दुई जना पर्यवेक्षक खटाउने निर्णय गरेको छ । आयोगले पर्यवेक्षक सङ्घसंस्थासँग अन्तरक्रिया गर्दै निर्वाह गर्नुपर्ने भूमिका र आचारसंहिता बारे छलफल पनि गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षकलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न आग्रह गर्दै सुधारका लागि सुझाव लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन आयुक्त सगुनशमशेर जबराले सुझावहरू गम्भीरतासाथ कार्यान्वयन गर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित