- Loading...
प्रधानमन्त्रीले सिंहदरबार बोलाए सबै मन्त्री र सचिवलाई, के बिषयमा हुँदैछ छलफल ?
- बागमती दैनिक
- ३ हप्ता अघि
- ५३ पटक पढिएको
मंसिर १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन् । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ ।
त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।