FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको भ्रमण तयारीस्वरुप परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

  • बागमती दैनिक
  • ३ हप्ता अघि
  • ३९ पटक पढिएको
प्रधानमन्त्रीको भ्रमण तयारीस्वरुप परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

मंसिर १३, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा राणा आज मध्यान्न चीन भ्रमणका लागि प्रस्थान गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ थिए । भ्रमणका क्रममा मन्त्री डा राणाले शुक्रबार सिचुआन प्रान्तस्थित छेन्दु सहरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री शनिबार नेपाल फर्किने कार्यक्रम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित