- Loading...
‘निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छ’ : मन्त्री भण्डारी
- बागमती दैनिक
- ३ हप्ता अघि
- ३६ पटक पढिएको
मंसिर १३, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए ।
पछिल्लो समय आर्थिक सूचकाङ्कहरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनु पर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने, ‘पुँजी बजारलाई बढाउनु पर्नेछ, स्वदेशी उत्पादन बढाउनु पर्नेछ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनु पर्नेछ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।’ उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताए ।