FLASH NEWS
- Loading...
गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी
- बागमती दैनिक
- २ हप्ता अघि
- २८ पटक पढिएको
मंसिर १७, गोरखा । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे ।
कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए ।
प्रतिक्रिया दिनुहोस