FLASH NEWS
  • Loading...

माओवादी र नेसपा निकट शिक्षक संगठनबीच एकता

  • बागमती दैनिक
  • १ हप्ता अघि
  • ४५ पटक पढिएको
माओवादी र नेसपा निकट शिक्षक संगठनबीच एकता

मंसिर २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी नेसपा निकट शिक्षक समाजबीच एकता घोषणा भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा गरिएको हो । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएको बताइएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका हुन् । कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको हो ।

योसँगै डा। बाबुराम भट्टराई नेतृत्वको नेसपा निकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको पनि उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित