FLASH NEWS
  • Loading...

‘माओवादी पार्टीमा जनताको आस्था बढ्यो, यसमा गर्व गर्नुपर्छ’ : अध्यक्ष दाहाल

  • बागमती दैनिक
  • ६ दिन अघि
  • ११६ पटक पढिएको
‘माओवादी पार्टीमा जनताको आस्था बढ्यो, यसमा गर्व गर्नुपर्छ’ : अध्यक्ष दाहाल

बिदाङ । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगमन भएको छ ।

गाउँपालिकाले सुभारम्भ गरेको कालिका एकिकृत छात्रावासको भवन समुद्घाटन गर्न बेनिघाटको विकट मानिने वडा नम्बर ८ को कालिका माध्यमिक बिद्यालय बिदाङ पुग्नुभएको हो ।
बिद्यालय टाढा हुने र दैनिक गुजारा गर्न समेत गारो पर्ने परिवारको लागी बेनिघाट रोराङ गाउँपालिकाले एकिकृत छात्रावास सुभारम्भ गरेको हो ।
प्रमुख अतिथीका रुपमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहनुभएको थियो भने बिशेष अतिथीका रुपमा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेल, पुष्प बिक्रम मल्ल लगायतका प्रमुख ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले बेनिघाट रोराङ गाउँपालिकाले सुरु गरेको नमुना कामको खुलेर प्रसंसा गर्नुभयो । बेनिघाट रोराङ गाउँपालिका बिकासको गतिमा अग्र स्थानमा रहेको उल्लेख गर्दै आफैले बिकासको लहर देखेको बताउनुभएको थियो । बेनिघाट रोराङ गाउँपालिकामा काम गर्ने कर्मचारी, जनप्रतिनिधी लगायत जनतालाई बिकासको लहरमा छिट्टै अगाडी बढेकोमा शुभकामना ज्ञापन समेत दिनुभयो ।

उहाँले अहिलेको सरकार भ्रष्टाचारी, बिचौलिया र दलालहरुको संरक्षण गर्ने थलोको रुपमा बिकास भएको उल्लेख गर्नुभयो । तत्काल सरकार ढाल्नेतिर आफूहरुको ध्यान नरहेको र जनताले माओवादी पार्टीलाई धेरै मन पराउन थालेको भन्दै यसमा गर्व लागेको बताउनुभयो ।

“कति दिन सरकार रहन्छ, प्रधानमन्त्री पद रहन्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा सुशासन सामाजिक न्याय र समृद्धिका पक्षमा हामीले कति राम्रो काम सुरु गर्छौँ त्यो मुख्य कुरा हो,” आफू सरकारको नेतृत्वमा रहँदा राम्रो कामको सुरुआत गर्न चाहेको दाबी गर्दै प्रचण्डले भनेका छन् ।

बिशेष अतिथीका रुपमा रहनुभएका बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनताहहरुको हरेक सुख दुखमा सँगै रहेको भन्दै आगामी दिनमा पनि बेनिघाट रोराङ गाउँपालिकाका जनताको साथमा आफू अडिग रहेको उल्लेख गर्नुभयो । माओवादीलाई जनताले बिश्वास गर्न थालेको र अरु पार्टी जस्तो कुनै पनि काण्डमा नमुछिएको पार्टीका रुपमा स्थापित भएको बताउनुभयो ।

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले गाउँपालिकाले सुभारम्भ गरेको यो काम चुनौतिपूर्ण भएपनि धेरै मेहनतका साथ अगाडी बढाईरहेको बताउनुभयो । उहाँले यसमा सबैको साथ पाउँदा खुसि लागेको र श्रीमद् भागवत ज्ञान महायज्ञ लगाएर भएपनि बिद्यार्थीहरुको भबिष्य उज्वल पार्ने बताउनुभयो ।

बेनिघाट रोराङ गाउँपालिकाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य प्रगती गर्दै आईरहेको छ । गाउँपालिकाले सुरु गरेको ड्रिम प्रोजेक्टका रुपमा यस अभियानलाई अगाडी बढाउँदै बेनिघाट रोराङभित्र रहेका सबै बालबालिकाहरुको भबिष्य उज्जवल बनाउने सपना साकार हुनेमा बिश्वस्त रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%