FLASH NEWS
- Loading...
आज चार वटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डाहरु ?
- बागमती दैनिक
- ५ घण्टा अघि
- ३ पटक पढिएको
पौष ५, काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस