- Loading...
रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै
- बागमती दैनिक
- ६ घण्टा अघि
- २ पटक पढिएको
पौष ५, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेमाथि छ। लामिछाने गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक एमडी थिए ।
लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध मुद्धा दर्ता गर्ने हदम्याद पनि शुक्रबार सकिँदैछ। सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो ।
पूर्व डिआइजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो । एउटै मुद्धा भएकाले जोशी पक्राउ परेको दिनदेखि हदम्याद गणना गरिएको छ। उनीहरु विरुद्ध एउटै मुद्धा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।