FLASH NEWS
  • Loading...

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै

  • बागमती दैनिक
  • ४ घण्टा अघि
  • २३ पटक पढिएको
रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै

पौष ८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आकस्मिक सचिवालय वैठक बस्दैछ । सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको हो । बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिएका छन् ।

कतिपय नेताहरू उपत्यका बाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको उनले जानकारी दिए । बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ । कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी रास्वपामा बनेको नेताहरूले बताएका छन् । यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित