FLASH NEWS
  • Loading...

नेत्रावती डबजोङमा रहेको एकीकृत समाजबादीको सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश

  • बागमती दैनिक
  • ३ दिन अघि
  • ६१ पटक पढिएको
नेत्रावती डबजोङमा रहेको एकीकृत समाजबादीको सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश

धादिङ । नेत्रावती डबजोङमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण भएको छ ।
शनिबार सम्पन्न नेत्रावती डबजोङ गाउँपालिका समिति धादिङको तेस्रो सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्व सभामुख अग्नि सापकोटासहित जिल्लाका केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।

सापकोटाले देशमा माओवादी केन्द्र अब ०८४ को चुनावमा पहिलो पार्टी बनाउनु पर्ने भन्दै समाजवाद तर्फ उन्मुख हुनुपर्ने बताए । साथै अब सबै कम्युनिस्टहरु एक हुनुपर्ने बताए ।

नेत्रावती डबजोङमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच एकीकरण भएसंगै नयाँ कार्यसमितिको अध्यक्षमा प्रेमबहादुर तामाङ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, काजीराम अधिकारी, हरि प्रसाद सापकोटा र सबिता तामाङ सचिवमा डम्बरबहादुर अधिकारी सह(सचिवमा टोपबहादुर पल्ली मगर र नवीन अधिकारी कोषाध्यक्षमा राजविर गुरुङ सहित ४५ सदस्यीय कार्यसमिति बनाइएको प्रदेश समिति सदस्य एवं पार्टी इन्चार्ज उर्मिला तामाङले जानकारी दिइन् ।
उक्त सम्मेलन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुका साथै सहिद परिवार, वेपत्ता, घाइते र अपांगहरु लाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित