FLASH NEWS
  • Loading...

पाँच जना राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ

  • बागमती दैनिक
  • ३ दिन अघि
  • ३० पटक पढिएको
पाँच जना राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ

पौष १७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच जना राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेलले पोर्चुगल, दक्षिण कोरिया, बेल्जियम, मलेसिया र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाशमणि पौडेललाई पोर्चुगल, प्रा।डा। कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, डा। नेत्रप्रसाद तिम्सिनालाई मलेसिया र सुम्निमा तुलाधरलाई डेनमार्कको राजदूतका रूपमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँगै नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित