FLASH NEWS
  • Loading...

मुस्ताङको थासाङमा हिमपहिरो, थुनियो ‘बोक्सीखोला’

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४० पटक पढिएको
मुस्ताङको थासाङमा हिमपहिरो, थुनियो ‘बोक्सीखोला’

भाद्र ७, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरी आईसफलमा हिमपहिरो खस्दा बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एक हिमाली खोला हो । हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खसेको छ ।

जसकारण बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार ठाडो खोला थुनिए पनि तल्लो तटीय बस्तीमा उच्च जोखिम छैन । तर त्यसक्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उनले जानकारी दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको बताए । झण्डै दुई घण्टादेखि उक्त खोला थुनिएपछि निरीक्षणका लागि अहिले जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ । टोलीले ड्रोन क्यामेरा प्रयोग गरेर निरीक्षण गर्दा हिमपहिरो खसेको पाइएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित