FLASH NEWS
  • Loading...

भारतमा नेपाली तीर्थयात्रीले भरिएको बस दुर्घटना, ४३ जना थिए सवार

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ३७ पटक पढिएको
भारतमा नेपाली तीर्थयात्रीले भरिएको बस दुर्घटना, ४३ जना थिए सवार

भारतमा नेपाली तीर्थयात्रीले भरिएको बस दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरस्थित राष्ट्रिय राजमार्ग २८ मुश्रीघरारी चोकमा आइतबार बिहान बस दुर्घटना भएको हो ।

बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम यात्राका लागि गएको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा ४३ जना यात्रु सवार थिए । घटनापछि घाइतेलाई सदर अस्पताल र मुश्रीघरारीस्थित निजी क्लिनिकमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मुश्रीघरारी चोक नजिकै छेउबाट आएको बसलाई तिब्र गतिको ट्रकले ठक्कर दिएको थियो । जसका कारण बसको एक्सेल फुटेको छ । त्यसपछि बस नियन्त्रण बाहिर गएर पल्टिएको थियो ।

बसमा ४३ यात्रु सवार रहेकोमा तीन दर्जनभन्दा बढी घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घटनालगत्तै मुश्रीघरारी प्रहरी चौकी घटनास्थलमा पुगेर घाइते सबैलाई उपचारका लागि भर्ना गरेको थियो । प्रहरीले क्रेनको सहायताले बसलाई सिधा पारेर क्षतिग्रस्त ट्रक र बसलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

२० भन्दा बढी घाइते यात्रुलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित