FLASH NEWS
- Loading...
जाँदाजाँदै न्यायाधीश भर्ती गर्ने विश्वम्भरको प्रयास असफल
- बागमती दैनिक
- ३ महिना अघि
- ७० पटक पढिएको
भाद्र १०, काठमाण्डौँ र अवकाशको मुखमा पुगेर पनि विभिन्न तहमा न्यायाधीश भर्ती गर्ने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रयास असफल भएको छ । वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतले नै साथ नदिएपछि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेर घर जाने श्रेष्ठको प्रयास असफल भएको हो ।
श्रेष्ठले न्याय परिषद्बाट उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको लागि आइतबार बैठक बोलाएका थिए । नियुक्तिका लागि सम्पूर्ण गृहकार्य सकिएको र बैठक बसेर औपचारिक निर्णय गर्न मात्र बाँकी रहेको भनी उनले आफ्ना भित्रिया पत्रकारहरूमार्फत बिहानैदेखि प्रचार गराएका थिए ।
सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधीश पनि घर गएपछि ५ जनाको एकसाथ नियुक्ति हुनेछ ।
प्रतिक्रिया दिनुहोस